Swiss Disability And Development Consortium

SDDC

Swiss Disability and
Development Consortium

बबिता

बबिता मनोसामाजिक अपाङ्गता भएकी महिला हुन। विभिन्न खाले अवरोधका कारण उनले आफ्नो पढाइलाइ निरन्तरता दिन सकिनन्। अहिले उनि आफ्नो परिवारको सहयोग पाएर सिलाई-कटाईको काम गरेर आफ्नो गुजारा गर्दछिन् ।

बबिताको फोटो। उनको कपाल काँधमा बेरिएको छ। सेता दाँत देखाउँदै उनी मुस्कुराइरहेकी छिन्। उनले सानो फुली लगाएकी छिन् र घांटी सम्म छोपिने रातो ज्याकेट लगाएकी छिन्।
सयपत्री फुलको झाडी।

“यो सयपत्री फूल हो। हामी हरेक साल यो फूल लगाउँछौँ अनि तिहारमा प्रयोग गर्नको लागि यो फुल्ने प्रतीक्षा गर्छौं। यसलाई हामी भगवानको पुजा गर्न र भाई-टिकामा दाजु-भाईलाइ लगाइदिन प्रयोग गर्छौं। मलाइ चाडबाडको बेला रमाइलो लाग्छ।“

“यो मेरो प्रमाणपत्र हो। मैले उच्च मावि तह सम्म मात्र पढें। मलाइ अझै पढ्ने रहर थियो। मलाइ पढ्न मन पर्छ। बिहे भए पछि मैले पढ्न पाइन।“

बबिताको स्कुलको सर्टिफिकेट
Scroll to Top