देउ कुमारी

अपाङ्गताका कारण देउ कुमारी आधारभूत शिक्षाबाट वञ्चित भइन् । स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको सहयोगमा उनले सीप तालिम लिएकी हुन् । उनी अहिले टेलरिङको मास्टर ट्रेनर हुन् । अपाङ्गता भएका महिलाहरूलाई अवसर दिइयो भने उनिहरू आत्मनिर्भर भएर बाँच्न सक्छन्, उनिहरू आफ्नो परिवार र अरूलाई पनि सहयोग गर्न सक्ने उनको भनाइ छ । देउ कुमारी विवाहित हुन् र उनका तीन सन्तानहरू छन् ।

देउ कुमारीको गम्भीर भएर क्यामरामा हेरिरहेको फोटो । उनको कपाल पछाडी लगेर बाँधिएको छ साथै उनले कानमा साना मुन्द्री र निधारमा बिन्दी लगाएकी छिन्। उनले पहेंलो रंगको कुर्ता र गुलाबी, नीलो तथा कालो रंगको स्कार्फ भिरेकी छिन्।
नीलो रंगको तीन-पांग्रे साइकल।

"यो मेरो घरको अगाडि मेरो साइकलको तस्वीर हो। साइकल मेरो खुट्टा हो । साइकल बिना म कतै जान सक्दिन । टेलरिङ सेन्टरमा काम गर्न वा साथीहरूसँग भेटघाट वा कुराकानी गर्न मलाई साइकलले मदत पुर्याउँछ । म निर्वाचनमा भोट दिन, महिला दिवस समारोहमा सहभागी हुन, जिल्ला कार्यालयमा अपाङ्गता भएका व्यक्तिको मासिक भत्ता लिन र अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारी तथा गैरसरकारी संस्थाले आयोजना गर्ने बैठकमा भाग लिन पनि साइकलमा नै जान्छु ।"

"यो तस्विर मेरो लागि महत्त्वपूर्ण छ, किनकि यसले मेरो आर्थिक स्थिति झल्काउँछ। म संगै काम गर्ने यी महिला पनि अपाङ्गता भएकी छिन् र उनी मुस्लिम समुदायकी हुन् । यो मैले चलाउने टेलरिङ सेन्टर हो ।"

लामो चुल्ठो बाँधेकी एक युवती टेलरिङ्ग पसलमा बसेर सिलाउने मेसिनमा सिलाइरहेकी छिन्। भित्तामा विभिन्न रंगका लुगा ह्यांगरमा झुण्डिएका छन्।
Scroll to Top