Swiss Disability And Development Consortium

SDDC

Swiss Disability and
Development Consortium

गंगा

लिङ्ग, अपाङ्गता, उमेर, धारणा र भाषामा आधारित भेदभावले गंगाको दैनिक जीवनलाई असर गर्छ। सामाजिक उद्यमशीलता मार्फत उनी यी सामाजिक चुनौतिहरू विरुद्ध लड्दै छिन् र अन्य अपाङ्गता भएका महिलाहरूलाई आत्मविश्वास प्राप्त गर्न प्रोत्साहित गरिरहेकी छिन् ।

गंगाको फोटो। उनले आफ्नो कपाल छेउमा चुल्ठो पारेर पहेंलो ब्याण्डले बाँधेकी छिन्। उनको नाकमा मुन्द्री लगाएकी छिन्।
एउटी केटी ह्वीलचेयरमा बसिरहेकी छिन्। उनी क्यामेरा हेरेर मुस्कुराइरहेकी छिन् । उनी इँटाको घर अगाडि बसिरहेकी छिन् ।

“म छोरीभन्दा छोरालाई प्राथमिकता दिने समाजबाट आएको हुँ । छोरीलाई स्वीकार नगर्ने समाजमा अपाङ्गता भएका व्यक्तिलाई स्वीकार गर्ने अपेक्षा कसरी गर्न सक्छु ?”

"म अपाङ्गता भएका व्यक्तिहरू, जसमा आत्मविश्वासको कमी छ, उनिहरूलाई मद्दत गर्न चाहन्छु । किनभने उनिहरू जे पनि गर्न सक्छन् र यदि साथ र समर्थन दिइयो भने सक्षम हुन सक्छन् । मेरो विचारमा सरकार पनि केही हदसम्म जिम्मेवार छ । अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर हुन समाजमा थोरै सहयोग र स्वीकृति मात्रै चाहिन्छ। तर कतिपय अवस्थामा समुदायले उनिहरूलाई आफूले चाहेको काम गर्न असक्षम ठान्छ।”

बास्केटबल कोर्टको अग्रभागमा ह्वीलचेयरमा सात महिलाहरू छन्। उनीहरूले आफ्नो हात हावामा फैलाउँदै एक अर्काको हात समातिरहेका छन्। महिलाहरूले खेल खेल्दा लगाउने जर्सी लगाएका छन्।
Scroll to Top