Swiss Disability And Development Consortium

SDDC

Swiss Disability and
Development Consortium

कमला

कमलाको लागि परम्परागत आदिवासी जीवनशैली महत्त्वपूर्ण छ । सीमान्तकृत समुदायकी अपाङ्गता भएकी महिला भएकाले उनलाई समाजमा बस्न असहज भइरहेको छ । उनी स्थानीय अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाको सहयोगमा आफुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै गएकी छन् ।

कमलाको फोटो। उनले आफ्ना काला घुम्रिएका कपाललाई पछाडी बाँधेकी छिन्। उनले निधारमा बिन्दी, नाकमा मुन्द्री र लिपस्टिक लगाएकी छिन्। उनले रातो फ़ुल्बुट्टे लुगा लगाएकी छिन्।
एउटा खालि चौरमा ठेलागाडा छ। त्यसमा पानीका बोतल लगायतका सामानहरु छन्। दुई जना युवाहरु ठेलाको छेउमा उभिएर गफ गर्दै छन्। त्यसको अलि पर तेस्रो व्यक्ति उभिएका छन्।

“भन्ने नै हो भने मेरा साथीहरू नै छैनन् । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म काममा हुने हुँदा म निकै व्यस्त रहन्छु । मेरो श्रीमान् मेरो साथी हो, र मेरा ग्राहकहरू पनि मेरा साथी हुन् । तर, समाजमा मलाइ देख्नेहरुले पहिले मेरो व्हिलचेयरलाई औँल्याउँछन् । ‘तपाईंमा अपाङ्गता छ; तपाईं कसरि काम गर्न सक्नु हुन्छ र?’ उनिहरु यी र यस्तै कुराहरु भन्छन। तर, मलाई यसो भनेको मन पर्दैन ।”

“यो तस्बिरले मलाई मेरो बाल्यकालको सम्झना दिलाउँछ । म गाउँमा हुर्केँ र हाम्रो परिवारको जीविका गाईवस्तु पालनबाट हुन्थ्यो । हामीसँग पछि अझै धेरै दूध र गाईवस्तुहरू हुनेछन् र त्यो बेचेर हाम्रो जीविका चल्ने छ भनेर मैले गाईवस्तुहरूलाई खुवाउनुपर्ने थियो । हामी सीमान्तकृत समुदायकामा जीविकोपार्जनको एकमात्र श्रोत यही नै थियो ।”

एउटा कालो गाई र चारवटा सेता बाख्राहरु घाँस खाइरहेका छन्। उनीहरु गोठसंगै जोडिएको जस्ताको पाली मुनि छन्।
Scroll to Top