कमला
कमलाको लागि परम्परागत आदिवासी जीवनशैली महत्त्वपूर्ण छ । सीमान्तकृत समुदायकी अपाङ्गता भएकी महिला भएकाले उनलाई समाजमा बस्न असहज भइरहेको छ । उनी स्थानीय अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाको सहयोगमा आफुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै गएकी छन् ।


“भन्ने नै हो भने मेरा साथीहरू नै छैनन् । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म काममा हुने हुँदा म निकै व्यस्त रहन्छु । मेरो श्रीमान् मेरो साथी हो, र मेरा ग्राहकहरू पनि मेरा साथी हुन् । तर, समाजमा मलाइ देख्नेहरुले पहिले मेरो व्हिलचेयरलाई औँल्याउँछन् । ‘तपाईंमा अपाङ्गता छ; तपाईं कसरि काम गर्न सक्नु हुन्छ र?’ उनिहरु यी र यस्तै कुराहरु भन्छन। तर, मलाई यसो भनेको मन पर्दैन ।”
“यो तस्बिरले मलाई मेरो बाल्यकालको सम्झना दिलाउँछ । म गाउँमा हुर्केँ र हाम्रो परिवारको जीविका गाईवस्तु पालनबाट हुन्थ्यो । हामीसँग पछि अझै धेरै दूध र गाईवस्तुहरू हुनेछन् र त्यो बेचेर हाम्रो जीविका चल्ने छ भनेर मैले गाईवस्तुहरूलाई खुवाउनुपर्ने थियो । हामी सीमान्तकृत समुदायकामा जीविकोपार्जनको एकमात्र श्रोत यही नै थियो ।”
