Swiss Disability And Development Consortium

SDDC

Swiss Disability and
Development Consortium

रूपा

शारीरिक अपाङ्गता रूपाको रोजाइ होइन, तर उनी यसलाई आफ्नो शक्ति मान्छिन्। धेरै अस्वीकृतिहरू र अधिक कष्ट पार गरिसकेपछि, अन्ततः उनले आफ्नो बाटो भेट्टाइन्। आफ्नो आमाको सहयोगले उनले ‘अचार’ बेच्ने सानो व्यवसाय सुरु गरिन्। उनको अपाङ्गता भन्दा उनको सकारात्मक मनोवृत्ति धेरै बलियो रहेछ भनेर उनले आफैलाई प्रमाणित गरिन् ।

रुपाको फोटो। उनले टाउकोको माथि चश्मा अड्काएकि छिन्। उनले नाक छेडेकी छिन् र उज्यालो लिपस्टिक र चाँदीको हार लगाएकी छिन्। उनले उज्यालो फ़ुल्बुट्टे नीलो टपमा कालो पातलो स्वेटर लगाएकी छिन्।
सार्वजनिक स्थानमा एउटा टेबल छ। टेबलमाथि रातो कपडामा अचारका सिसिहरु छन्। फोटोमा एक जोडा बैसाखी टेबलमा अड्याएर राखेको देखिन्छ।

“ती सबै संघर्षहरू (रोजगारी नपाउने) पार गरेपछि मैले यो काम सुरु गरें। अब मलाई जागिरको खोजीमा घुम्ने मन वा आवश्यकता छैन। वास्तवमा अब म अरुलाई काम दिन सक्छु। त्यसैले अब म आत्मनिर्भर छु।”

"कहिलेकाहीँ, म उनीहरुलाई (मेरा साथीहरूलाई) भेट्न जान्छु। मलाई धेरैजसो घरमा बस्न मन लाग्छ। धेरैजसो सामाजिक सञ्जाल मार्फत म उनीहरुसँग सम्पर्कमा रहन्छु। उनीहरूले मलाई भेट्न र आराम गर्न बोलाउँछन् तर म त्यहाँ जान सक्दिन किनभने त्यहाँ सिंढीहरू हुन्छन र बस्ने ठाउँहरू माथि हुन्छन्। त्यसले गर्दा उनीहरू पनि दुःखी हुन्छन र त्यसले मलाई झन दुःखी बनाउँछ। त्यसैले, मलाई खासै बाहिर जान मन लाग्दैन। यो पनि एउटा अवरोध हो जसले मलाई मेरा साथीहरूसँग सम्पर्कमा रहनबाट वञ्चित गर्छ।”

भवनको सीढीहरू भएको प्रवेशद्वार क्षेत्र।
Scroll to Top