Swiss Disability And Development Consortium

SDDC

Swiss Disability and
Development Consortium

सुनिता नेपाली

पूर्णतया दृष्टिविहिन भएका कारण सुनिताले दैनिक जीवनमा धेरै समस्याको सामना गर्नु परेको छ। सडक तथा भवनहरु पहुँचयुक्त छैनन। त्यसैगरी बाटो काट्ने ठाउँ र सार्वजनिक बस स्टपहरुमा आवाज दिने संयन्त्र छैनन जसले गर्दा उनको जीवन कष्टकर भएको छ। सरकारले समावेसिताका लागि कार्य गरोस भन्ने उनको चाहना छ।

सुनिता नेपालीको फोटो। उनी जवान छिन् र उनको लामो कालो कपाल पछाडी चुल्ठो पारेर बाँधिएको छ। उनले चाँदी रंगको फ्रेमसहितको बैजनी रंगको सिसा भएको गोलो चस्मा लगाएकी छिन्। उनले कालो छालाको ज्याकेट लगाएकी छिन् ।
भुइँमा रहेको सेतो छडी।

“यो (सेतो छडी) मूल रुपमा मेरो आँखा नै हो। यो नलिई म कतै जान्न र केहि गर्न सक्दिन। सेतो छडी हरेक दृस्टीविहिनको आँखा हो। व्यक्तिगतरुपमा म सबैकुरा स्पष्ट देख्न सक्दिन त्यसैले म हिंड्दा वा कतै जाँदा मेरो आधा काम यसै छडीले गर्छ। मेरो छडी बिना म यति धेरै काम गर्न सक्षम हुने थिइन।“

मानिसहरूमा, विशेष गरी अपाङ्गता भएका महिलाहरूमाथि हुने यौन हिंसामा चरम वृद्धि भएको छ। त्यसैले यदि हामीले आफूलाई बचाउन सिक्यौं भने हामी आफैंलाई मद्दत गर्न सक्छौं। मेरो अपाङ्गताका कारण यो झन् धेरै आवश्यक छ। हामीमाथि आक्रमण भएपछि मात्रै के भयो भनेर हामीले थाहा पाउँछौँ।

ठूलो हलमा आत्मरक्षाको अभ्यास गर्दै धेरै महिला।
Scroll to Top