Swiss Disability And Development Consortium

SDDC

Swiss Disability and
Development Consortium

रश्मी

रश्मी एक बहिरा महिला कलाकार हुन्। उनको कलाले बहिरा कलाकार का रुपमा उनको आफ्नै संस्कृति, भाषा र समुदायलाई दर्शाउँछ। आफ्नो कलामार्फत रश्मी सामाजिक, शारीरिक, सांस्कृतिक र राजनीतिक रूपमा पछाडी पारिएका वर्गहरूको आवाज उठाउन चाहन्छिन्। उनी यस्ता व्यक्तिहरूलाई केही राम्रो गरेर आफ्नो जीवनमा अगाडी बढ्न प्रोत्साहित गर्न चाहन्छिन्।

रश्मी को फोटो। उनको कपाल पछाडि बाँधिएको छ र आँखामा गाजल लगाइएको छ। उनले लामो चाँदीको झुम्का र खैरो स्वेटर लगाएकी छिन्।
कालो पृष्ठभूमिमा तीनवटा सेता प्वाँख छन्। तिनलाई सुन्दर तरिकाले मिलाएर राखिएको छ।

"यो तस्वीरले मेरो जीवन, मौन जीवनको प्रतिनिधित्व गर्दछ। प्वाँखहरू झर्दा तीनको आवाज आउँदैन। मेरो पनि आवाज छैन।"

“सुरुमा मानिसहरूले म केही गर्न सक्दिन भन्ने सोचेका थिए। उनीहरू मलाई ‘बिचरा' भनेर दयाको भावले हेर्दथे । मेरो स्थिति र मेरो अवस्थाका कारण उनीहरू मलाई होच्याउँथे र सानो महसुस गराउँथे। तर, अहिले मेरो कला र कामको मार्फत सबैले राम्रो काम गरिरहेको भन्दै मेरो प्रशंसा गर्छन्। अहिले म चर्चित छु। अहिले म एउटा ठूलो कलाकार भएँ।"

विभिन्न आकारका विभिन्न रंग गर्ने ब्रशहरू एक अर्काको माथि राखिएका छन्। पृष्ठभूमि सेतो छ।
Scroll to Top