Swiss Disability And Development Consortium

SDDC

Swiss Disability and
Development Consortium

सुनिता लुइँटेल

मनोसामाजिक अपाङ्गता सम्बन्धि आफ्नै अनुभवका आधारमा सुनिता अहिले स्थानीय तहमा मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्य जस्तै गरि प्राथमिकतामा राख्नका लागि जनचेतना जगाउन अग्रसर छिन्। उनी आफु र स्वावलम्बन समूहमा रहेका आफु जस्तै अन्य सदस्यको अधिकारका लागि पैरवी गर्ने काम गर्दछिन्।

सुनिता लुइंटेलको फोटो। उनको लामो कालो कपाल छ। उनको नाकमा फुली, कानमा मुन्द्रा र निधारमा बिन्दी छ। उनले रातो र पहेंलो पत्थर भएको लामो हार लगाएकी छिन्। उनले रातो लुगा माथि पातलो रातै स्वेटर लगाएकी छिन्।
ग्रामीण क्षेत्रको खेतमा धेरै महिलाहरू काम गरिरहेका छन्। पृष्ठभूमिमा पहाडहरू छन्।

“यो मेरो आफ्नै खेतको तस्विर हो। यहाँ केहि महिलाहरु काम गर्दै हुनुहुन्छ। हरेकपालि वहाँहरुले काम गर्दै गरेको देख्दा मलाइ नरमाइलो लाग्छ। म आफु किसान हुँदा हुँदै पनि मेरो डिप्रेसन कारण एकाग्र भएर काम गर्न सक्दिन। यो कुराले मलाइ थप चिन्तित र दु:खी बनाउँछ।“

“मलाइ डिप्रेसन छ भन्ने थाहा भए पनि मेरो श्रीमानले केहि भन्नु भएन। मलाइ अझ नराम्रो लाग्ला भन्ने वहाँलाई लाग्यो। किनकि समाजमा मानसिक स्वास्थ्य सम्बन्धि कुरा अझै पनि खुलेर गरिन्न। के सहि के गलत भन्ने मलाइ थाहा हुन्थ्यो। त्यसैले मलाइ सबै थाहा हुन्थ्यो तर मलाइ डिप्रेसन छ भन्ने चाहिं थाहा भएन।“

चक्कीहरु सहितका औषधिका दुइ बट्टाहरु।
Scroll to Top