सहिदा

सहिदाका लागि स-साना कुराहरूले साँचो खुशी ल्याउँछन् र त्यहि नै सफल जीवन हो। कमजोर आर्थिक अवस्था, चुनौतीले भरिएको अन्तर-जातीय विवाह र अपाङ्गताका कारण उनलाई परिवारबाट बाहिर निकालियो । तर उनले खुशी रहन र आफ्नो जीवनको हरेक पलमा रमाउन सिकिन्।

सहिदाको फोटो। उनि एक वृद्ध महिला हुन्। उनको सेतो कपाल छ र छालाको रंग गाढा खैरो छ। उनले निलो र सेतो चारपाटे बुट्टा भएको सलले टाउको छोपेकी छिन् र घांटीमा बेरेकी छिन्। उनको नाकामा सुनौलो फुली छ।
जस्ता पाता, हाँगा, ढुङ्गा र कपडा जोडजाड पारेर बनाइएको झुपडी। घरको माथि बिजुलीका तारहरु छन्। पछाडी अग्लो पानीको ट्यांकी र रुखहरु छन्। हल्का कुहिरो लागेको छ।

"मैले यो तस्विर रोजें किनभने यसले मेरो जीवनमा खास महत्व राख्छ, यो म बस्ने ठाउँ हो। तपाईं देख्न सक्नुहुन्छ कि यस ठाउँमा जीवन बिताउन धेरै असहज छ। तैपनि म यहाँ बसिरहेकी छु किनभने यस ठाउँले मलाई संरक्षण र सुरक्षाको अनुभूति दिन्छ। हरेक पटक पानी पर्दा चुहिएर भुइँ धेरै हिलो हुन्छ र हाम्रो सामान पनि भिज्दछ। तर पनि, म र मेरो श्रीमान हामीले पालेका बाख्राहरु सहित जसोतसो गुजारा चलाउँछौँ। यस्तो अवस्थामा म बाँचिरहेकी छु र धेरै गाह्रो छ।”

"यही नै मेरो जीविकोपार्जनको श्रोत हो, म के गर्न सक्छु? यसैले मेरो पेट पाल्छ। यो मेरो लागि एकप्रकारको लेनदेन जस्तै हो, किनभने जब म कसैलाई काँइयो वा अन्य मेक-अपको वस्तु दिन्छु, उनीहरूले मलाई पैसा वा कहिलेकाहीँ चामल वा तरकारीहरू दिन्छन्। तर, मैले अन्य सबै वस्तुहरू - जस्तै तेल, नुन, खुर्सानी, मसलाहरू, दाल, लुगा - आफैंले किन्नु पदर्छ किनभने मलाई यी चीजहरू सट्टामा दिँदैनन्। यो काम गरेर आफ्नो खर्च चलाउन मलाई गाह्रो छ किनभने यी सामानहरु बोकेर एक ठाउँबाट अर्को ठाउँमा जान मलाई कठिन छ। त्यही पनि म यो गर्छु किनभने मलाई बाँच्नु छ ।"

विभिन्न प्रकारका उत्पादनहरू, जस्तै रंगीन प्लास्टिक काइंयोहरू आदि एक ठाउँमा  थुपारिएका छन्।
Scroll to Top