सुमित्रा
सुमित्रा हालै जलबिन्दुका कारण दृष्टिविहीन भएकी हुन्। यसले उनलाई आर्थिक रूपमा आफ्नो परिवारमा निर्भर बनाएको छ। उनलाई चाहिने औषधि महँगो छ। आफु जस्ता दृष्टिविहीनलाई सरकारले थप रोजगारीको अवसर प्रदान गरोस् भन्ने उनको चाहना छ।


“शिक्षा र राम्रो रोजगारी भयो भने अपाङ्गता भएका व्यक्तिहरुले जे पनि गर्न सक्छन तर हामीलाई अलग गरिँदै आइएको छ।“
“म एक आदिवाशी र अपाङ्गता भएकी महिला हुँ। म र म जस्तै अरुको केहि कुरामा पनि पहुँच छैन, न शिक्षा न त न्याय। हामी सिमान्तकृतको अवस्था झनै खराब छ। हाम्रो पृष्ठभूमि र महिला भएकै कारण हामीले झनै अन्याय भोग्नु परेको छ। हाम्रो भन्दा ठूलो समस्या त अरु कसको होला र?”
